१८ श्रावण २०८३, सोमबार
,
Latest
प्रदेश प्रमुख भट्टद्वारा गाँजासम्बन्धी विधेयक प्रमाणीकरण ‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’ झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

समग्र देशको विकासका लागि एमालेले जित्न आवश्यकः ओली



file
अ+ अ-

बैतडी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गते एमाले नेतृत्वको सरकार गठन हुने दाबी गरेका छन् । पाटनमा शुक्रबार आयोजना गरिएको चुनावी सभामा उनले आफ्नो नेतृत्वको पार्टीले सरकार गठन गरेमा विकास निर्माणले तीव्रता पाउने र सबै जनाताले सुख पाउने जिकीर गरे ।

अध्यक्ष ओलीले भने, “जे गर्छ एमालेले गर्छ, एमाले विकास र समृद्धि गर्न सक्ने पार्टी हो । समग्र देशको विकासका लागि एमालेले जित्न आवश्यक रहेको छ ।” सुदूरपश्चिमलाई विकासको पाटोमा अगाडि बढाइने बताउँदै उनले भारतीय सीमानाका झुलाघाटमा पक्की पुल बनाउने आश्वासन दिए ।

देश विकासका लागि एमाले चाहिने दाबी गर्दै ओलीले यहाँका फस्फोराइट खानीलगायत खनिज पदार्थको उत्खन्न, महाकाली करिडोरको काम एमाले सरकारले अगाडि बढाएको बताए । उनले भने, “जनताको सबै ग्यारेन्टी एमालेले गर्छ, नेपालको विकास नेपालीले गर्ने र राष्ट्र र राष्ट्रियताका लागि लड्ने पार्टी पनि एमाले हो ।”