• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   फोहोरमैलालाई मजाकको विषय नबनाऔँ: एमाले अध्यक्ष ओली ★   असार १ गतेदेखि आन्दोलनमा उत्रिने क्रसर व्यवसायीहरुको चेतावनी ★   हात्तीले एक घुटुकमा कति पानी पिउँछ ? ★   डिजिटल अर्थतन्त्रको बिस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्न आयोग गठन गर्न लागिएको हो: अर्थमन्त्री… ★   मेलम्चीमा गलत विकासका कारण विपद्जन्य घटना भए, क्षतिपूर्ति माग्नुपर्छ: कल्याण श्रेष्ठ ★   घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक ★   हुरीले मकै बालीमा क्षति ★   प्रधानमन्त्री बजेट निर्माणमा उदासिन देखिएसम्म बजेट काम लाग्ने डकुमेण्ट बन्दैन: महामन्त्री थापा ★   रोहितलाई आज धोनीको रेकर्ड तोड्ने मौका ★   तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा

समग्र देशको विकासका लागि एमालेले जित्न आवश्यकः ओली



file

बैतडी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ गते एमाले नेतृत्वको सरकार गठन हुने दाबी गरेका छन् । पाटनमा शुक्रबार आयोजना गरिएको चुनावी सभामा उनले आफ्नो नेतृत्वको पार्टीले सरकार गठन गरेमा विकास निर्माणले तीव्रता पाउने र सबै जनाताले सुख पाउने जिकीर गरे ।

अध्यक्ष ओलीले भने, “जे गर्छ एमालेले गर्छ, एमाले विकास र समृद्धि गर्न सक्ने पार्टी हो । समग्र देशको विकासका लागि एमालेले जित्न आवश्यक रहेको छ ।” सुदूरपश्चिमलाई विकासको पाटोमा अगाडि बढाइने बताउँदै उनले भारतीय सीमानाका झुलाघाटमा पक्की पुल बनाउने आश्वासन दिए ।

देश विकासका लागि एमाले चाहिने दाबी गर्दै ओलीले यहाँका फस्फोराइट खानीलगायत खनिज पदार्थको उत्खन्न, महाकाली करिडोरको काम एमाले सरकारले अगाडि बढाएको बताए । उनले भने, “जनताको सबै ग्यारेन्टी एमालेले गर्छ, नेपालको विकास नेपालीले गर्ने र राष्ट्र र राष्ट्रियताका लागि लड्ने पार्टी पनि एमाले हो ।”