• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

आयल निगमको नाफा १८ करोड, उपभोक्ता मूल्य भने नघट्ने



काठमाडौं । नेपाल आयल निगमले १५ दिनमा १८ करोड रुपैयाँ नाफा कमाएको छ । नाफा भएपनि निगमले इन्धनको उपभोक्ता मूल्य भने नघट्ने जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले ऋणका कारण उपभोक्ता मूल्य नघट्ने बताएको हो ।

१ अक्टोबरमा प्राप्त नयाँ मूल्यअनुसार निगमलाई १८ करोड रुपैयाँ नाफा हुने देखिन्छ । तर भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने बक्यौता र सरकारी ऋणका कारण तत्काल उपभोक्ता मूल्य घटाउन नसक्ने बाध्यत्मक अवस्थामा निगम पुगेको छ ।

सरकार र भारतीय आयल निगमलाई तिर्नुपर्ने ऋण २९ अर्ब १३ करोड रुपैयाँ रहेकोले निगमले तत्काल मूल्य घटाएर समायोजन गर्न सक्ने अवस्था नरहेको बताएको छ ।

बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ७६ पैसा, मट्टितेलमा ४ रुपैयाँ एक पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ७७ पैसा प्रतिलिटरमा बढेर आएको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य भने घटेर आएको निगमका प्रवक्ता विनितमणि उपाध्ययद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।