५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयल निगमको नाफा १८ करोड, उपभोक्ता मूल्य भने नघट्ने



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले १५ दिनमा १८ करोड रुपैयाँ नाफा कमाएको छ । नाफा भएपनि निगमले इन्धनको उपभोक्ता मूल्य भने नघट्ने जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले ऋणका कारण उपभोक्ता मूल्य नघट्ने बताएको हो ।

१ अक्टोबरमा प्राप्त नयाँ मूल्यअनुसार निगमलाई १८ करोड रुपैयाँ नाफा हुने देखिन्छ । तर भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने बक्यौता र सरकारी ऋणका कारण तत्काल उपभोक्ता मूल्य घटाउन नसक्ने बाध्यत्मक अवस्थामा निगम पुगेको छ ।

सरकार र भारतीय आयल निगमलाई तिर्नुपर्ने ऋण २९ अर्ब १३ करोड रुपैयाँ रहेकोले निगमले तत्काल मूल्य घटाएर समायोजन गर्न सक्ने अवस्था नरहेको बताएको छ ।

बुधबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा ६१ पैसा, डिजेलमा ५ रुपैयाँ ७६ पैसा, मट्टितेलमा ४ रुपैयाँ एक पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ७७ पैसा प्रतिलिटरमा बढेर आएको निगमले जनाएको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य भने घटेर आएको निगमका प्रवक्ता विनितमणि उपाध्ययद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।