५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन बिथोल्ने खालका कुनै पनि गतिविधि हुन दिइन्नः आयुक्त थपलिया(भिडीयोसहित)



file
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षाको आवश्यक व्यवस्था मिलाउने बताएको छ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र त्यसका नेताहरुले निर्वाचन बिथोल्ने अभिव्यक्ति दिईरहेका बेला आयोगले त्यसो हुन नदिन सचेत रहेको जनाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो निर्वाचन बिथोल्ने खालको कुनै पनि गतिविधि हुन नदिने गरी सुरक्षा योजना बनाउने बताउनु भयो ।

उहाँले विप्लव नेतृत्वको नेकपाको नाम नलिई कुनै राजनीतिक समूहले भनेको कुरालाई आयोगले गम्भिरतापूर्वक लिएको र सोही अनुसारको सुरक्षा योजना बनाउने विषयमा छलफल सुरु गरिएको पनि बताउनु भयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नु भयो, ‘जुन राजनीतिक समूहले जे भनेको छ । त्यो विषयलाई लिएर हुने दंगाहरुको सम्बन्धलाई गम्भिर रुपमा लिएर छलफलमा बसेको पनि छौं । तदनुसारनै सुरक्षा योजनाको पुनरावलोकन गर्छौं । र, तदनुसारनै कार्यान्वयन हुन्छ । मलाई लाग्दछ–यो निर्वाचन बिथोल्न सक्ने गरी कुनै पनि गतिविधि हुन दिईदैन । । यसमा हामी सचेत छौं ।’

निर्वाचन आयोगले निर्वाचन सामग्री ढुवानीमा कुनै पनि खालको गुनासो आउन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन सामग्रीको ढुवानीमा कुनै समस्या देखिए त्यसलाई सच्याएर आयोग अघि बढने बताउन भयो ।