१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘किङ्ग खान’को ५७ औं जन्मदिन, फ्यानलाई ‘पठान’को टिजर उपहार



अ+ अ-

काठमाडौं । आज बलिउड सुपरस्टार शाहरुखको खान ५७ औं जन्मदिन । आफ्ना प्रिय अभिनेता शाहरुखलाई जन्मदिनको शुभकामना दिन उनको मुम्बईस्थित निवास मन्नत बाहिर फ्यानको घुइँचो लागेको छ ।

नेपालमा पनि शाहरुख खानका फ्यान फलोवोर्स राम्रो रहेको छ । किङ्ग खानका केहि नेपाली फ्यान उनलाई जन्मदिनको शुभकामना दिन मन्नत पुगेका छन् ।

कोरोनाको कारण चार वर्षसम्म  जन्मदिन भव्य तरिकाले मनाउन नपाएका शाहरुखले भने यसपटक जन्मदिनलाई भव्य बनाउँदैछन् । जन्मदिनको अवसर पारेर यशराज फिल्म्सले शाहरुखको नयाँ फिल्म ‘पठान’को टिजर सार्बजनिक गरेको छ । सोहि अवसरमा फ्यानहरुले ‘पठान’को टिजरलाई ट्रेन्डिङ बनाइरहेका छन् ।

मन्नतमा नेपाली फ्यान । फोटोः रविन दाहाल

पठान, जवान र डंकी गरी अंग्र्रेजी नयाँ वर्ष २०२३ मा उनका तीन नयाँ फिल्म रिलिज हुँदैछन् ।

दीपिका पादुकोण र जोन अब्राहमको समेत मुख्य भूमिका रहेको पठान शाहरुखको प्रतीक्षित फिल्ममध्ये एक हो ।

पठानबाहेक शाहरुखका एटलीको फिल्म ‘जवान’ र राजकुमार हिरानीको सोसल ड्रामा ‘डंकी’ रिलिज हुँदैछन् ।