• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा ★   झापामा खोलाले बगाउँदा दुई बेपत्ता ★   नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड ★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा

पोग्बाले विश्वकप गुमाउने



एजेन्सी । फ्रान्सेली स्टार पाउल पोग्बाले विश्वकप फुटबल गुमाउने भएका छन् । चोटका कारण पोग्बाले कतारमा हुने विश्वकप फुटबल गुमाउने भएका हुन् ।

विश्वकप अघि पोग्बा निको हुने अपेक्षा गरिएको थियो । तर, उनका एजेन्टले जानकारी दिदै पोग्बा आसन्न विश्वकपको हिस्सा नहुने बताएका छन् ।

उनको घुँडामा चोटको समस्या देखिएको छ । फ्रान्सका अर्का स्टार एनगोलो कान्टे यसअघिनै विश्वकप बाहिर रहने पक्का भइसकेको छ ।

फ्रान्सले पछिल्लो विश्वकपको उपाधि उचाल्दा पोग्बा र कान्टे टिमका महत्वपुर्ण हिस्सा थिए । सेप्टेम्बरमा दाहिने घुडाको सल्यक्रियापछि पोग्बालाई लगभग दुई महिना टिम बाहिर राखिएको थियो ।

आगामी नोभेम्बर २० देखि कतारमा विश्वकप आयोजना हुँदैछ । फ्रान्सले नोभेम्बर २२ को मध्यरातमा अष्ट्रेलियाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।