१० श्रावण २०८३, आईतवार
,
Latest
त्रिवि प्रश्नपत्र चुहावटमा शिक्षामन्त्रीको र्‍यापिड एक्सन खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोग्बाले विश्वकप गुमाउने



अ+ अ-

एजेन्सी । फ्रान्सेली स्टार पाउल पोग्बाले विश्वकप फुटबल गुमाउने भएका छन् । चोटका कारण पोग्बाले कतारमा हुने विश्वकप फुटबल गुमाउने भएका हुन् ।

विश्वकप अघि पोग्बा निको हुने अपेक्षा गरिएको थियो । तर, उनका एजेन्टले जानकारी दिदै पोग्बा आसन्न विश्वकपको हिस्सा नहुने बताएका छन् ।

उनको घुँडामा चोटको समस्या देखिएको छ । फ्रान्सका अर्का स्टार एनगोलो कान्टे यसअघिनै विश्वकप बाहिर रहने पक्का भइसकेको छ ।

फ्रान्सले पछिल्लो विश्वकपको उपाधि उचाल्दा पोग्बा र कान्टे टिमका महत्वपुर्ण हिस्सा थिए । सेप्टेम्बरमा दाहिने घुडाको सल्यक्रियापछि पोग्बालाई लगभग दुई महिना टिम बाहिर राखिएको थियो ।

आगामी नोभेम्बर २० देखि कतारमा विश्वकप आयोजना हुँदैछ । फ्रान्सले नोभेम्बर २२ को मध्यरातमा अष्ट्रेलियाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।