६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः अष्ट्रेलियाले आयरल्याण्डलाई ४२ रनले हरायो



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपको सुपर–१२ चरणमा अष्ट्रेलियाले आयरल्याण्डलाई ४२ रनले पराजित गरेको छ ।

ब्रिसबेनमा आयरल्याण्डका कप्तान एन्ड्रयु बालबर्नीले टस जितेर पहिले फिल्डिङ रोजेका थिए । निर्धारित २० ओभरको अन्त्यमा अस्ट्रेलियाले ५ विकेट गुमाएर १७९ रन बनाएको थियो ।

१८० रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८.१ ओभरमा १३७ रनमा अलआउट भयो । आयरल्याण्डका लोर्कन टकर ७१ रन बनाएर नटआउट रहे । दोस्रो ओभरमा पहिलो विकेट खसेपछि अन्तिमसम्म खेलमा रोमाञ्चक रहे तर टोलीलाई जित दिलाउन सकेनन् ।

अष्ट्रेलियाका बलरको अगाडि टोलीका अन्य कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । यो जितसँगै अष्ट्रेलिया ५ अंकसहित समूह १ मा दोस्रो स्थानमा उक्लिएको छ । समूह १ मा न्यूजिल्याण्ड पहिलो स्थानमा छ ।

आयरल्याण्डको आधा टोली २५ रनमै प्याभेलियन फर्किएको थियो । तर, मध्यक्रमका ब्याट्सम्यान लोर्कन टक्करले अन्तिमसम्म ब्याटिङ गर्दै आयरल्याण्डलाई जितको आशा जगाए ।

उनी ७१ रन बनाएर नटआउट रहे । तर, अर्को तर्फबाट समर्थन नपाएपछि उनले टोलीलाई जित दिलाउन सकेनन् । उनी बाहेक आयरल्याण्डका कुनै पनि ब्याट्सम्यानले १५ रनभन्दा बढी रन बनाउन सकेनन् ।

बलिङमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, एडम जाम्पा, प्याट कमिन्स र मिचेल स्टार्कले २–२ विकेट लिए । यस्तै, मार्कस स्टोइनिसले एक विकेट लिए । टोलीका अन्तिम ब्याट्सम्यान रनआउट भए ।

आयरल्याण्डका लागि लोर्कन टकरले ७१ रन बाहेक ग्यारेथ डेलानीले १४, मार्क एडेयरले ११ र पल स्टर्लिङले ११ रन बनाए । टोलीका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

यसअघि अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ बलमा ६३ रन बनाएका थिए । उनले आफ्नो इनिङ्सका लागि प्लेयर अफ द म्याचको अवार्ड पाए । मार्कस स्टोइनिसले २५ बलमा ३५ र मिचेल मार्सले २८ रन बनाए । आयरल्याण्डका लागि ब्यारी म्याकार्थीले २९ रनमा ३ विकेट र जोसुवा लिटिलले २१ रनमा २ विकेट लिए ।