९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनामा ‘निफ्रा’को नाफा रु ३७ करोड ८६ लाख



अ+ अ-

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ ।

बैंकले प्रकाशित गरेको तीन महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार यो गत आवको सोही अवधिको तुलनामा ५६ दशमवल ४६ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २४ करोड २० लाख २७ हजार नाफा कमाएको थियो ।

निफ्राको नियामकीय समायोजन (रेगुलेटरी एड्जस्टमेन्ट) पछिको नाफा भने रु २९ करोड ८५ लाख ७७ हजार छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ५८ प्रतिशत अर्थात् रु १० करोड ७९ लाखले बढी हो ।

पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित बैंकले समीक्षा अवधिमा रु ६५ करोड ५७ लाख खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा बैंकसँग नगद वा नगदसरहको सम्पत्ति रु तीन अर्ब ७९ करोड ५८ लाख १२ हजार छ भने नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात रु ३८ करोड ९० लाख ८५ हजार छ ।

त्यस्तै निफ्राले आफ्ना ग्राहकलाई दिएको कर्जा तथा सापटी रु १७ अर्ब ८१ करोड छ लाख १३ हजार छ । बैंकको चुक्ता पुँजी रु २१ अर्ब ६० करोड छ भने कूल सम्पत्ति रु २४ अर्ब ८४ करोड २४ लाख ७५ हजार छ । वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी रु सात दशमलब ०१ छ ।

आर्थिक वर्ष २०७७र७८ को तुलनामा आव २०७८/७९ मा बैंकको खुदा मुनाफा २२ दशमलव १० प्रतिशतले बढेर रु एक अर्ब दुई करोड २५ लाख ५८ हजार पुगेको छ । गत आवमा बैंकको सञ्चालन खर्चमा एक सय २६ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा २३ प्रतिशतले वृद्धि भएको छ ।