२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एकीकृत समाजवादी) र राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार ,आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने नारासहित प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिनुभयो ।

समाजवादमा आधारित आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि, जनताको अधिकार, राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शीतासहितका विषय घोषणापत्रमा छन् ।

आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरिएको छ । उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने तथा खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा विशेष जोड दिइएको घोषणापत्रमा सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्वन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप) ले पनि पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्थासहितको घोषणापत्र आज बानेश्वरमा एक कार्यक्रमबीच सार्वजनिक गर्न लागेको छ ।

राप्रपाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा भ्रष्टाचार रोक्ने र सम्पति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता ‘एजेन्डा’ समेटिइएको छ ।

वैदिक सनातन हिन्दू राष्ट्रलगायत विषयलाई राजनीतिक मुद्दा बनाएको पार्टीले जनताबाट प्रत्यक्षरूपमा निर्वाचित प्रधानमन्त्रीको ‘एजेन्डा’लाई पछिल्लो समय प्राथमिकतासहित अघि सार्दै आएको पार्टीले आगामी पाँच वर्षमा गर्ने कार्ययोजना, लक्ष्य र प्रतिबद्धता समावेश गरिएको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिनुभयो ।