२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा (एकीकृत समाजवादी) र राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गर्दै



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

पार्टीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार ,आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने नारासहित प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे घोषणापत्र सार्वजनिक हुने पार्टीका महासचिव डा वेदुराम भुसालले जानकारी दिनुभयो ।

समाजवादमा आधारित आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्धि, जनताको अधिकार, राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरताका लागि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन र पारदर्शीतासहितका विषय घोषणापत्रमा छन् ।

आधारभूत स्वास्थ्य शिक्षा र आहारलाई घोषणापत्रमा प्राथमिकताका साथ समावेश गरिएको छ । उत्पादन र रोजगारका माध्यमबाट आर्थिक समृद्धि प्राप्त गर्ने तथा खानी, कृषि, पशु वन, उद्योग र पर्यटन क्षेत्रको विकास गर्ने विषयमा विशेष जोड दिइएको घोषणापत्रमा सामाजिक विभेदको अन्त्य गरी न्याय, समानता कायम राख्ने तथा घरेलु उद्योगको विकास गरी आत्मनिर्भर र स्वावलम्वन अर्थतन्त्रको विकास गर्ने लक्ष्य राखिएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप) ले पनि पूर्ण समानुपातिक संसद् र सांसद मन्त्री हुन नपाउने व्यवस्थासहितको घोषणापत्र आज बानेश्वरमा एक कार्यक्रमबीच सार्वजनिक गर्न लागेको छ ।

राप्रपाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा भ्रष्टाचार रोक्ने र सम्पति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता ‘एजेन्डा’ समेटिइएको छ ।

वैदिक सनातन हिन्दू राष्ट्रलगायत विषयलाई राजनीतिक मुद्दा बनाएको पार्टीले जनताबाट प्रत्यक्षरूपमा निर्वाचित प्रधानमन्त्रीको ‘एजेन्डा’लाई पछिल्लो समय प्राथमिकतासहित अघि सार्दै आएको पार्टीले आगामी पाँच वर्षमा गर्ने कार्ययोजना, लक्ष्य र प्रतिबद्धता समावेश गरिएको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिनुभयो ।