२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकबाट एमआरआर ग्रुप निष्क्रिय



अ+ अ-

काठमाडौँ । फेसबुकको संचालक मेटाले नेपालको चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) लाई निष्क्रिय बनाएको छ । कम्युनिटी गाइडलाइन्स भायलेन्स गरेको भन्दै कम्पनीले सो ग्रुपलाई निष्क्रिय बनाएको जनाएको छ । यद्यपि कुन पोस्ट र कमेन्टले कम्युनिटी गाइडलाइन्स भायलेन्स भएको भन्ने बारेमा मेटाले केही जनाएको छैन ।

एमआरआरले युवाका सरोकार र रमाइला प्रसंगमा रुचि राख्ने गर्दथ्यो । तर पछिल्ला दिनमा सो ग्रुप राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि निर्वाचनको मुखमा निष्क्रिय बनाइएको अनुमान गरिएको छ ।

निर्वाचन आयोगले मेटा कम्पनीका प्रतिनिधिहरुसँग आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा घृणा फैलाउने खालका पोस्ट रोक्ने विषयमा छलफलसमेत गरेको थियो । सोही विषयलाई लिएर सो ग्रुपलाई निष्क्रिय बनाइएको आकलन गरिएको छ ।

एमआरआर ग्रुपले गत स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन्द्र ९बालेन० साहलाई जिताउन सक्रिय भूमिका निर्वाह गरेको थियो । सो ग्रुपमा ठूलो संख्यामा युवाहरु समावेश छन् । आगामी निर्वाचनमा पनि ती युवाहरुमार्फत एमआरआरले निर्वाचनलाई प्रभावित पार्न सक्ने अनुमान आयोगले गरेको छ ।