• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने

पर्यटकलाई लोभ्याउँदै पाल्पाको तालपोखरा



पाल्पा । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ ।

बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाईमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो । फेवा तालको भल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सिमित थियो । तालपोखरालाई क्षेत्र बिस्तार गरी कास्कीको फेवा तालको स्वरुप र शैलीमा पूर्वाधार निर्माण गरिएसँगै यतिबेला तालपोखरामा जाने पर्यटकको उल्लेख्य वृद्धि हुन थालेको छ ।

तालपोखरालाई लुम्बिनी प्रदेश सरकारले एक सय पर्यटकीय गन्तव्य स्थलका रुपमा घोषणा गरेपछि यहाँ पर्यटकको चहलपहल अझ बढेको स्थानीयहरुको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलेसमेत दाहिने परेकोे यस तालमा पाल्पासहित छिमेकी जिल्लाहरुरुपन्देही,स्याङ्जा,तनहँु,पूर्वीनवलपरासी लगायतका जिल्लाहरुबाट अवलोकनको लागि पर्यटकहरु पुग्ने गरेको बताउनुहुन्छ आन्तरिक पर्यटक सागर भुसाल । उहाँले तालपोखराको अझै प्रचार हुनसके धेरै पर्यटकहरु लोभ्याउने बताउनु भयो ।

स्थानिय नगर सरकारलेसमेत पर्यटन प्रवद्र्धनका लागि डुंगा दौड प्रतियोगिता समय समयमा सञ्चालन गर्दै आएको छ । तीन वर्ष कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समयमा सर्वसाधारणलाई खुला गरिएपछि आन्तरिक पर्यटकको मुख्य रोजाईमा तालपोखरा परेको व्यवस्थापन समितिका सचिव सुनिल देवकोटा बताउनु हुन्छ ।

तीन तहकै सरकार र पर्यटन बोर्डलेसमेत अबका दिनमा हातेमालो गरेर अगाडि बढेको खण्डमा विदेशी पर्यटकको अध्ययन र अवलोकनको मुख्य गन्तव्य ताल पोखरा बन्नेसचिव सापकोटाको भनाइ छ । उहाँले तालपोखराले विदेशी मुद्रालाई सहज ढंगबाट स्वदेशमा भित्र्यााउन टेवा पु¥याउने बताउनु भयो ।