१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार पाण्डेको निधन



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार कौशल पाण्डेको बिहीबार निधन भएको छ । उनको ७५ वर्षको उमेरमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित आफ्नै निवासमा निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित पाण्डेको केही सातादेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो ।

मकवानपुरे पत्रकारिताका संस्थापकमध्येका एक पाण्डेको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुुगेको नेपाल पत्रकार महासङ्घ मकवानपुर र पत्रकारिता क्षेत्रसँग सम्बन्धित संस्था तथा सङ्गठनले शोक वक्तव्य जारी गरेका छन् ।

पाण्डेले लामो समय शिक्षण पेशामा पनि योगदान दिएका छन् । उनी क्रान्तिकारी पत्रकार सङ्घ मकवानपुरको संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालको केन्द्रीय सल्लाहकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्षलगायत विभिन्न सङ्घसंस्थाको नेतृत्वमा रहेका थिए ।

उनकै प्रकाशन सम्पादनमा मकवानपुरको पुरानो ‘प्रयास अर्धसाप्ताहिक’ प्रकाशन हुँदै आएको छ । पाण्डेको आज राप्ती तटमा दाहसंस्कार गरिँदैछ ।