• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

सेरिफविरुद्ध सहज जित निकाल्दै युनाइटेड युरोपा लिगको नकआउट चरणमा



एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरण अन्तर्गत बिहीबार राति युनाईटेडले सेरिफलाई ३-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदान वल्र्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस रास्फोर्ड र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।

खेलको ४४ औं मिनेटमा डालोटले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । रास्फोर्डले ६५ औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ८१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सहज जित दिलाए ।

जितसँगै समूह ‘ई’ मा रहेको युनाईटेडले ५ खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको सेरिफ तेस्रो स्थानमा छ ।