२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपावलीमा अजय र अक्षयबीच भिडन्त हुँदै



अ+ अ-

एजेन्सी । दीपावली पर्व जहिले पनि ठूला चलचित्र रिलिज हुने भएकाले मनोरञ्जन प्रेमीहरूका लागि विशेष रहन्छ । यस वर्ष पनि ‘राम सेतु’ र ‘थ्याङ्क गड’ जस्ता फिल्महरू अक्टोबर २५ अर्थात आजदेखि रिलिज भएका छन् ।

चाडपर्वको सिजनमा यी चलचित्रले कति फाइदा लिन्छन्, त्यो हेर्नैपर्ने हुन्छ ।

दुई ठूला स्टारका दुई ठूला फिल्म ‘राम सेतु’ र ‘थ्याङ्क गड’ दीपावलीमा रिलिज हुन लागेको कोरोना अवधिपछि पछिल्लो दुई वर्षमा यो पहिलो पटक हो । दुवै ठूला स्टारका फिल्म हुन् जसको बक्स अफिसमा टक्कर हेर्न पक्कै पनि रोचक हुनेछ ।

यसअघि १२ वर्षअघि सन् २०१० मा एक्शन रिप्ले र गोलमाल ३ सँगै रिलिज हुँदा उनीहरुको फिल्मबीच टक्कर भएको थियो ।

गोलमाल ३ ले ६१ करोड कमाएको थियो भने एक्सन रिप्लेले मात्र ४६ करोड कमाएको थियो ।

२०२१ मा, अक्षय कुमारको सूर्यवंशी मात्र थिएटरहरूमा रिलिज भयो, जबकि दोस्रो फिल्म मीनाक्षी सुन्दरेश्वर ओटीटीमा आयो ।

यसअघि २०२० मा कोरोनाका कारण सबै थिएटर बन्द भएकाले फिल्म रिलिज भएनन् । अघिल्लो दीपावली जस्तै यो दीपावली पनि बलिउडका लागि लक्की सावित हुने हो कि हेर्नु पर्नेछ ।