• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना



काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्कने क्रममा आफूहरू चढेको गाडी दुर्घटनामा परेको गुरुङले जानकारी दिए ।

उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको बताए ।

गुरुङले सामाजिक सञ्जालमा भनेका छन् –‘सामन्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना । हामी सबै सुरक्षित छौं ।’

मंसिर ४ मा हुने निर्वाचनका लागि धनराज स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवार छन् ।