२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक साता माथिल्लो तामाकोशी आयोजना बन्द हुने



अ+ अ-

काठमाडौँ । यही कात्तिक ८ गतेदेखि १५ गतेसम्म एक साता माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादन हुने विद्युत् बन्द हुने भएको छ ।

दोलखाको विगु गाउँपालिका–१ लामाबगरस्थित तामाकोशी जलविद्युत् केन्द्रको हडवक्र्स र मुख्य सुरुङको सो अवधिमा प्राविधि निरीक्षण गरिने हुनाले विद्युत् उत्पादन बन्द हुने आयोजनाले जनाएको छ ।

तिहारकै समय पारेर आयोजनाले विद्युत् उत्पादन बन्द गर्न लागेको हो । यस अविधिमा जलाशयको पानी घटाउने क्रममा तल्लो तटीय क्षेत्रमा ११र१२ घण्टा नदीको बहाव बढ्न जाने भएकाले तल्लो तटीय क्षेत्रमा पर्ने स्थानहरुमा सो अवधिभर सतर्कतापूर्वक सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ ।

लामाबगर, छैतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सनकोशी नदिको दोभानसम्म नै माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने लगा धने वस्तुभाउ लैजाने गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न आयोजनाले आग्रह गरेको छ ।

साथै नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक एवं सावधानीका साथ गर्न समेत आयोजनाले अनुरोध गरेको छ ।