२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुद: सेना च्याम्पियन, प्रधानमन्त्रीद्वारा ट्रफी हस्तान्तरण



अ+ अ-

कास्की । गण्डकी प्रदेशमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सर्वाधिक १७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ ।

यही असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएका ३६ खेलहरूमा सेनाले स्वर्ण १७२, रजत ११० र ८९ कांस्य गरी ३७१ पदक जितेर च्याम्पियन भएको हो ।

च्याम्पियन बनेको सेनालाई समापन समारोहका प्रमुख अतिथि एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रनिङ ट्रफी हस्तान्तरण गर्नुभयो । उहाँले च्याम्पियन बनेको त्रिभुवन आर्मी क्लबका पदाधिकारीहरूलाई सो ट्रफी हस्तान्तरण गर्नुभएको हो ।

पहिलो पटक राष्ट्रिय खेलकुदको बिजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो । सेना यसअघिका सातौँ र आठौँ राष्ट्रिय खेलकुदको पनि च्याम्पियन टोली हो । यसैगरी सशस्त्र प्रहरीको एपिएफले ६५ स्वर्ण ७२ रजत र ८२ कांस्य सहित २१९ पदक जितेर द्वितीय भएको छ ।

नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कांस्य र ७३ रजत सहित कूल १९५ पदक जितेको छ । घरेलु मैदानको सदुपयोग गर्दै आयोजक गण्डकी प्रदेश प्रतियोगिताको चौथो तथा प्रदेशहरू मध्येमा पहिलो हुन सफल भयो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ कांस्यसहित १२० पदक समग्रमा चौथो भएको छ ।

बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्यपदक सहित १४५ पदक सहित पाँचौँ स्थानमा रहन सफल भयो । प्रदेश नं १ ले १० स्वर्ण २३ रजत र ५० कांस्य पदक सहित छैटौँ भएको छ । सुदुरपश्चिम प्रदेश १० स्वर्ण, १० रजत ४३ कांस्य सदकसहित ६३ पदक जित्न सफल भयो ।

एनआरएनएले १० स्वर्ण नौ रजत र सात कांस्य गरी कूल २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कांस्य गरी ६८ पदक जितेको छ । मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ कांस्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ कांस्य सहित १८ पदक जितेको छ । रासस