५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्बिरमा १२ वर्षे श्वेतकाली देवीनाच- फोटो फिचर



अ+ अ-

काठमाडौं । हनुमानढोका दरवार स्थित दशअवतार मन्दिर अगाडिको डबली मा श्री श्वेतकालि (ङतभुलु अजिमा) को १२ वर्षे देवीनाच पर्व मनाईएको छ ।

बाह्रवर्षे नरदेवी ‘ङतभुलु अजिमा’ (श्वेतकाली) देवीनाचसहित विभिन्न देवीदेवताको नाच प्रस्तुत गर्ने गरिन्छ । हरेक १२ वर्षमा नचाइने ‘ङतभुलु अजिमा’ नाच २०६६ सालपछि यो वर्ष नचाउन लागिएको हो । सो नाच अन्तर्गत विशेष देवीनाचपर्व मनाउने परम्परा छ ।

बाह्र वर्षको जात्रामा नरदेवीका सबै टोलमा घुमाउन लगिन्छ । १२ वर्षमा बाहेक हरेक वर्ष जात्रामा १२ जना देवीदेवता निकालिन्छ । तर १२ वर्षमा १७ जना देवी देवताको नाच प्रस्तुत गर्ने चलन छ ।

राजा गुणकामदेवको पालामा काठमाडौं उपत्यका बनाउने क्रममा भित्रि भाग जस्तै, (कुला भुलु, असं भुलु)मा त्रिकोण आकारको देवता राख्ने चलन थियो । मुख्य शहरअन्तर्गत पर्ने मन्दिरहरु मध्य श्वेतकाली माता पनि गुणकामदेवको पालामा स्थापना भएको भनिन्छ ।

तर विभिन्न देवी देवताका मुकुट लगाएर नाच देखाउने चलन अमर मल्लको पालामा भएको किम्बदन्ती पाईन्छ ।

फोटो – न्हुच्छे मान डंगोल