९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब १४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब शून्य नौ अङ्कले उकालो लागेर तीन सय ६३ दशमलब शून्य पाँचमा पुगेको छ । कूल दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार आठ सय ५७ कित्ता शेयर रु ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो अङ्कको वृद्धि भएको छ । यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कारोबारका आधारमा अभियान लघुवित्त शीर्ष स्थानमा छ ।

सो कम्पनीको रु तीन करोड ६९ लाख ५२ हजार नौ सय एक बराबरको कारोबार भयो । गरिमा विकास बैंक रु दुई करोड ६७ लाख ५४ हजार तीन सय १६, एभरेष्ट बैंक रु दुई करोड ४९ लाख चार हजार सात सय ५३, नबिल बैंक रु दुई करोड ३७ लाख ८८ हजार दुई सय ७१ र एनआइसी एशिया बैंकको रु एक करोड ३३ लाख ८८ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सयपत्री हाइड्रोपावर नौ दशमलब ९७, बिन्दवासिनी हाइड्रोपावर चार दशमलब ३७, विशाल बजार कम्पनी चार दशमलब शून्य चार, नारायणी डेभलपमेन्ट बैंक तीन दशमलब दशमलब ४० र रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले दुई दशमलब ७० प्रतिशतले कमाएका छन् । त्यस्तै, सेञ्चुरी बैंकको ऋणपत्र सात दशमलब ७३, सामुदायिक लघुवित्त सात दशमलब ६७, अभियान लघुवित्त छ दशमलब ५९, हिमालयन पावर पाटर्नर पाँच दशमलब ६१ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ५६ प्रतिशतले गुमाएका छन् ।