६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ राष्ट्रिय खेलकुदः टेबल टेनिसमा पुलिस क्लब च्याम्पियन



अ+ अ-

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ सम्पन्न टेबल टेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । आज सम्पन्न प्रतियोगितामा पुलिस क्लब छ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो । पुलिसले दुई रजत र चार कास्य पदकसमेत बटुल्यो ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब एक स्वर्ण, चार रजत र एक कास्य पदकका साथ दोस्रो भयो । यसैगरी एक रजत र दुई कास्य प्राप्त गर्दै बागमती प्रदेश तेस्रो भयो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब दुई कास्यका साथ चौथो तथा गैर आवासी नेपाली संघ (एनआरएनए) र प्रदेश नं १ ले समान दुई कास्य प्राप्त गर्दै प्रतियोगितामा पाँचौँ भए ।

गण्डकी प्रदेशले एउटा कास्य पदक प्राप्त गर्दै प्रतियोगितामा छैटौँ भयो । प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी र मधेश प्रदेश टेबलटेनिसमा जितबिहीन रहे ।