२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली मूलकी परिजिता ‘द भ्वाइस’ को ब्याटल राउन्डबाट नकआउटमा



अ+ अ-

एजेन्सी । अमेरिकन रियालिटी टेलिभिजन शो ‘द भ्वाइस’को ब्याटल राउन्डमा नेपाली मूलकी परिजिता बाँस्कोटाले जित हासिल गरेकी छिन् । जितसँगै उनी उक्त शोको नकआउटमा प्रवेश गरेकी छिन् ।

नेपाली समय अनुसार बुधबार बिहान भएको प्रतिस्पर्धामा उनले ‘हाउ डिप इज योर लभ’ मा आफ्नो प्रस्तुती दिएकी थिइन् । यसमा उनले दुई प्रतिस्पर्धी केसी र लिन्जीलाई पछि पारिन् ।

कोच जोन लिजेन्डको तर्फबाट प्रस्तुति दिएका द मेरिलाइन्ड अन द बी गीजलाई हराउँदै उनले ब्याटल राउण्ड जितेकी हुन् ।

त्यसक्रममा कोच ब्लेक शेल्टनले कोच जोनलाई परिजिताको स्वर सशक्त रहेको बताउँदै उनलाई अगाडि बढाउन सुझाव समेत दिए ।

ब्लाइन्ड अडिसनदेखि नै चर्चामा रहेकी परिजिताले ब्लाइन्ड अडिसनमा गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाउन सफल भएकी थिइन् ।