२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको महासचिवमा पुनः विप्लव चयन



file
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको महासचिव पदमा पुनः नेत्रविक्रम चन्द (विप्लव) चयन भएका छन् । कपिलवस्तुमा सम्पन्न नवौं महाधिवेशनले उनलाई सर्वसम्मत रूपमा महासचिव चयन गरेको हो । विप्लव यसअघि पनि महासचिव थिए ।

महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सदस्य समेत चयन गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।

महाधिवेशनका निर्णयहरु काठमाडौंमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने नेकपाको तयारी छ । नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन गत असोज २५ गतेदेखि कपिलवस्तुस्थित शिवगढीमा सुरू भएको थियो ।

तत्कालीन पार्टी अध्यक्ष मोहन वैद्यको कार्यक्षमतामा प्रश्न उठाउँदै २०७० मंसिरमा आफ्नै नेतृत्वमा विप्लवले नेकपा गठन गरेका थिए ।