९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी कमजोर भए अहिलेसम्म प्राप्त उपलब्धि गुम्न सक्छ: प्रचण्ड



file
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा माओवादीलाई कमजोर बनाउन नहुने बताउनुभएको छ ।

माओवादी कमजोर भए अहिलेसम्म प्राप्त उपलब्धि गुम्न सक्ने भन्दै उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सामान्य निर्वाचन मान्न नसकिने बताउनुभयो ।

ललितपुरमा बुधबार प्रेस सेन्टरसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “हाम्रा लागि मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन होइन, अहिलेसम्म प्राप्त उपलब्धि रक्षा गर्ने जीवन मरणको संघर्षको रुपमा निर्वाचनलाई लिनुपर्छ, यसलाई उपलब्धि रक्षा गर्ने र उल्ट्याउन खोज्नेबीचको संघर्षका रुपमा लिनुपर्छ ।”

अध्यक्ष प्रचण्डले अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितलाई रक्षा गर्ने तथा उपलब्धि र परिवर्तन उल्ट्याउन खोज्नेबीच अहिलेको निर्वाचन भएको उहाँको भनाइ थियो ।

माओवादी बलियो हुँदा परिवर्तन र उपलब्धिको रक्षा हुने भएकाले आसन्न निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा लिन नहुने उहाँले बताउनुभयो ।