२३ आश्विन २०८१, बुधबार
,
Latest
बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मकवानपुर–२ मा काँग्रेस र माओवादी समेतको उम्मेदवार नभएकाले मै सबैको साझा उम्मेदवार हुँ’



अ+ अ-

हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले सो क्षेत्रमा नेपाली काँग्रेस र माओवादी केन्द्र समेतको उम्मेदवार नभएकाले आफू नै सबैको साझा उम्मेदवार भएको बताउनु भएको छ ।

नेकपा एमाले भीमफेदी गाउँपालिकाको बिस्तारित बैठकलाई संवोधन गर्दै उहाँले ठुला दलका उम्मेदवार नभएकाले आफू एमाले सहितका सबैजसो दलको साझा उम्मेदवारका रुपमा प्रस्तुत भएकाले त्यही अनुसार विजयी भएपछि पनि काम गर्ने बताउनुभयो ।

काँग्रेस र माओवादीले दुःखले निर्माण गरेको संगठनको छातिमा टेकेर अर्का उम्मेदवारले युवा उम्मेदवारमाथि बीस बमन गरिराखेको आरोप समेत उहाँले लगाउनुभयो ।

गठबन्धनको नाममा आएका उम्मेदवार काँग्रेस र माओवादिको काँध चढेर छातिमा फुलि थप्ने सोचमा आइरहेको उहाँको भनाई छ ।

‘मकवानपुर–२ प्रतिनिधि सभामा माओवादी र काँग्रेसको उम्मेदवार वहाहरुले उठाएका छैनन् म उनिहरुको समेत साझा उम्मेदवार हुँ । केहि दिन अघि मनहरिको कार्यक्रममा युवालाई जिताउन हुन्न भनेर खतिवडाले मकवानपुरे सबै युवा भावनाहरुको अपहेलना गरेका छन् ।’ उहाँले भन्नुभयो ‘एमालेले उम्मेदवार बनाएर प्रस्तुत गरेको यो युवाले जित्दा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता भौतिक पुर्वाधार निर्माणमा असाधारण विकास गरेर नमुना काम गरेर देखाउँछु ।’

उक्त कार्यक्रममा नेपाली कांग्रेस भीमफेदी गाउँपालिका उपाध्यक्ष रुद्र लामा एमाले प्रवेश गर्नु भएको छ । गत स्थानीय तहको निर्वाचनमा भीमफेदी वडा नंबर ६ बाट वडाध्यक्षका प्रत्यासी समेत रहनुभएका लामा नेकपा एमाले प्रवेश गर्नु भएको हो ।