६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 1.03

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावकेन्द्रित एजेण्डामा बहस गर्न देउवालाई ओलीको चुनौती



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा सहभागि हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।

अध्यक्ष ओलीले सामजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ को चुनौती दिएका हुन् । ओलीले चुनावकेन्द्रित एजेण्डामा आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् । ओलीले डिबेटको लागि देउवालाई तयार हो/ होइन भनी प्रश्न पनि सोधेका छन् ।

ओलीले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले लाईभ डिबेटुमा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’