१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले रामराम त भन्छ तर काध थाप्न सक्दैन: प्रमुख निर्वाचन आयुक्त थपलिया



अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताविपरित भइरहेका गतिविधिहरुप्रति आफैँले चासो र चिन्ता लिन राजनीतिक दल, तिनका उम्मेदवार र स्वतन्त्र ढंगले उठेका उम्मेदवाहरुलाई अनुरोध गर्नुभएको छ ।

यदि कहीँ कसैले कसैलाई फसाउने नियतले त्यस्तो गरेको छ भने आफैँ अग्रसर भएर त्यस्ता डकुमेन्ट हटाउन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यदि यस्ता डकुमेन्ट, गतिविधि कतै भेटियो भने तपाईंलाई कारबाहीको प्रक्रिया प्रारम्भ हुन्छ, त्यसपछि आयोगले रामराम त भन्न सक्ला तर काँध हाल्न सक्तैन । कारवाहीको जोखिम मोल्न तपाईंहरु आफैँ तयार हुनुपर्छ ।”

खास गरेर केही ठाउँमा विभिन्न राजनीतिक दलका निर्वाचन चिह्न, झण्डा, राजनीतिक दलका झण्डा र चिह्न अंकित टिसर्ट, ह्याट लगाएर हिँड्ने प्रवृत्ति पनि देखिएको छ भन्दै उहाँले यस सम्बन्धमा जिज्ञासा राख्दा सम्बन्धित उम्मेदवार र राजनीतिक दलहरुले यो आफूले गरेको होइन भनेर पन्छिने प्रवृत्ति पनि देखिएको उल्लेख गर्नुभयो ।

कुनै निर्वाचन क्षेत्रभित्र कुनै पनि राजनीतिक दलको चिह्न, झण्डा अथवा निर्वाचन आचारसंहिताले वञ्चित गरेका कुनै पनि किसिमका गतिविधिहरु भइरहेको छ भने त्यो विषयमा सम्बन्धित दल र उम्मेदवारले अनभिज्ञता प्रकट गर्न नमिल्ने प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।

यदि त्यस्तो अवस्था देखियो भने निर्वाचन आचारसंहितालाई नै टेकेर सम्बन्धित उम्मेदवार र दललाई तपाईंले के कति कारणले आफू उम्मेदवार हुँदा आफूले स्वघोषणामा उल्लेख गरेको ‘म निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दछु’ भन्ने आफ्नो उद्घोष र त्यसका साथै निर्वाचन आचारसंहिता विपरीत कार्य किन गर्नुभएको हो ? , यो कार्य तपाईंले गरेको होइन भन्न सकिने कुनै आधार नभएको हुँदा तपाईंले नै गरेको मानी तपाईंलाई निर्वाचन आयोग ऐनको दफा २२ अनुसार एक लाख रुपैयाँसम्म जरिमाना किन नगर्ने? भन्ने बेहोराको पत्र बनाई सोहीबमोजिम कारबाही गरिने उहाँले स्पष्ट गर्नुभयो ।

“आचारसंहिता उल्लंघन गरेको भनी यसलाई अहिलेको प्रचलित निर्वाचन कानूनबमोजिम र निर्वाचन आचारसंहिताबमोजिम अब धेरै झन्झटिलो नबनाइ सिधै प्रष्ट भाषामा प्रष्ट कुरा लेखेर निर्वाचन अधिकृतको कार्यालयहरु खास गरेर निर्वाचन आचारसंहिताको जिम्मेबारी तोकिएका निर्वाचन अनुगमन अधिकृतबाट यसबमोजिमको पत्राचार गर्न आयोगले एउटा नमूना पत्र बनाएर सबै निर्वाचन अधिकृतको कार्यालय र अनुगमन अधिकृतकहाँ पठाइसकेको छ ।

“अझै तपाईंले यसमा होइन नै भनी पन्छाउन चाहनुहुन्छ भने अब धेरै झन्झटिलो नबनाई सिधै प्रष्ट भाषामा प्रष्ट कुरा लेखेर निर्वाचन अधिकृतको कार्यालयहरु खास गरेर निर्वाचन आचारसंहिताको जिम्मेबारी तोकिएका निर्वाचन अनुगमन अधिकृतबाट यसबमोजिमको पत्राचार गर्न आयोगले एउटा नमूना पत्र बनाएर सबै निर्वाचन अधिकृतको कार्यालय र अनुगमन अधिकृतकहाँ पठाइसकेको छ”, उहाँले भन्नुभयो ।