• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला

नवलपरासी पश्चिमका मतदाता भन्छन्ः विनोद चौधरीबाट पनि अपेक्षा छैन(भिडीयोसहित)



नवलपरासी । स्थानीय मतदाताले नवलपरासी पश्चिमको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार उद्योगपति विनोद चौधरीबाट पनि कुनै अपेक्षा नगरेको बताएका छन् ।

अहिलेसम्म निर्वाचनबाट जितेर सांसद भएकाहरुले नगरेको र सत्तारुढ गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेदवारी दिनुभएका उद्योगपति चौधरीबाट पनि केही होला भन्ने आशा नगरेको उनीहरुको भनाइ छ ।

स्थानीय वैदनाथ खरालले अहिलेसम्म कसैले कही नगरेकाले चौधरीले पनि गर्नुहोला भन्ने नलागेको प्रतिक्रिया दिनुभयो । न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उहाँले अब जितेर जाने सांसदले बाटोको आवश्यक व्यवस्था मिलाइदिए सहज हुने अपेक्षासमेत गर्नुभयो । उद्योगपति चौधरीले चाहेमा आफ्नो क्षेत्रको सडक बाटोको आवश्यक व्यवस्था २ दिनमा नै मिल्ने बताउनु भयो ।

खरालले भन्नुभयो, ‘अब उहाँले केही गर्नु होला भन्ने आशा त छैन । तर आशावादी भइ यो बाटो बनाई दिएमा राम्रै हुन्थ्यो । तर गर्नुहोला भन्ने आशा छैन है फेरि ढुक्कै । उहाँले चाहे २ दिनमा पनि बाटो बनाइदिन सक्नुहुन्छ । यसमा उहाँले चाहनु प-यो । अहिलेसम्म कसैले गरेका छैनन् । अब कसैले गर्लान् भन्ने आशा पनि छैन् ।’

केही स्थानीयहरु भने चौधरी आगामी निर्वाचनमा उठ्ने बारेमा भने आफूलाई चासो नरहेको बताउँछन् । स्थानीय दिननाथ कँडेलले उद्योगपतिलाई आफ्नो क्षेत्रमा नचिनेको भन्दै उहाँबाट आशा गर्ने ठाउँ नरहेको बताउनु भयो । जनतालाई खुशी राख्ने, गरिवलाई हेर्ने, रोजगारी दिने काम गर्न सक्नुहुन्छ कि हुन्न ? त्यो बुझेर मात्रै उहाँलाई मतदान गर्न सकिने उहाँको प्रतिक्रिया थियो । कँडेलले भन्नुभयो, ‘चिनिएको छैन, जानिएको छैन । चिनिन प¥यो । सबैभन्दा ठूलो कुरा चुनाव जितेर गएर उहाँले के गर्नुहुन्छ ? अनि, हामी जनतालाई के भन्नु हुन्छ ? जनतालाई खुशी राख्न सक्नुहुन्छ कि हुन्न ? रोजगारी दिने, गरिव जनतालाई हेर्ने काम गर्न सक्नुहुन्छ कि हुन्न ? वास्तवमा हामीले उहाँलाई चिनेका पनि छैनौं ।’

नेताहरु व्यक्तिगत स्वार्थका लागि सांसद बन्न चाहेकाले उनीहरुबाट विकास, निर्माणको काममा पनि आशा गर्न सकिने ठाउँ नरहेको केही मतदाताको आरोप थियो । उनीहरुले जनताको पीडा बुझ्ने, सडक बाटा पिच गरिदिने नेतालाई आगामी निर्वाचनमा जनताले मत दिने धारणासमेत राखेका छन् ।

नेपाली काँग्रेसले उद्योगपति चौधरीलाई सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । तर, जनताले भने उहाँबाट पनि अपेक्षा गर्ने ठाउँ नरहेको बताएका छन् । विगतमा सांसद बनेकाहरुले विकासको लागि कुनै काम अघि नबढाएको भन्दै रुष्ट बनेका स्थानीयहरुले अब बन्ने सांसदले पनि जनतामुखी काम गर्छन् भन्नेमा विश्वस्त हुने आधार नरहेको बताए ।

उद्योगपति चौधरी एमालेको समर्थनमा उम्मेदवार बन्नुभएका जनता प्रगतिशील पार्टीका नेता एवम पूर्वमन्त्री हृदयेश त्रिपाठीसँग चुनावी प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । राजनीतिक पृष्ठभूमिका त्रिपाठी र व्यापारिक पृष्ठभूमिका चौधरीबीचको चुनावी प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ ।