१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखका छोरा पनि स्वर्ण पदक विजेता !



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानका कान्छो छोरा अबरामले तेक्वान्दो खेल जितेका छन् । आइतबार (अक्टोबर १६)मा भएको विद्यालयको प्रतियोगितामा छोराले स्वर्ण पदक पाएपछि शाहरुखको खुसीको सीमा रहेन ।

यस क्रममा शाहरुखले उनलाई स्टेजमै अँगालो हालेर मायाले चुम्बन गरेका थिए । प्रतियोगितामा अबरामलाई साथ दिन शाहरुख र उनको सम्पूर्ण परिवार सँगै देखा परेका थिए । खेल जितेपछि शाहरुखले आफ्नै हातले छोरा अबरामलाई स्वर्ण पदक दिए ।

यससँगै उनले गोल्डेन स्नीकर र ब्ल्याक क्यापसँग मिलेर काम गरे । यस प्रतियोगितामा शाहरुखकी प्रबन्धक पूजा ददलानी पनि थिइन् ।

शाहरुख खानको आगामी प्रोजेक्टको कुरा गर्दा उनी छिट्टै राजकुमार हिरानीको फिल्म ‘डंकी’ मा देखिनेछन् । यसबाहेक उनी सिद्धार्थ आनन्दको फिल्म ‘पठान’ र एट्लीको ‘जवान’मा पनि देखिनेछन् ।