५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ १० मा गठबन्धन टुट्यो, कांग्रेस र माओवादी एक्लाएक्लै लड्ने



अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा गठबन्धनबीचको सहमति भंग भएको छ ।

सत्ता गठबन्धनबीच सो निर्वाचन क्षेत्र नेपाली कांग्रेसलाई दिने सहमति भएको थियो । सोहीअनुरुप नेपाली कांग्रेसले राजेन्द्र केसीलाई उम्मेदवार बनाएको छ । केसीले २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेका थिए ।

यसपटकको निर्वाचनमा प्रतिनिधिसभामा कांग्रेसलाई छाड्ने सर्तमा माआवादी केन्द्रले प्रदेशसभामा सिट मागेको थियो । तर कांग्रेसले प्रदेशसभा पनि नछाडेपछि माओवादी केन्द्रले प्रतिनिधिसभामा अञ्जना विशंखेलाई उम्मेदवार बनाएको छ ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले न्युजपोलारसँगको कुराकानीमा प्रदेशसभा दिन नमानेपछि माओवादी केन्द्रले गठबन्धनको सहमति तोडेको बताउनुभयो ।

उहाँका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा कांग्रेसको राम्रो अवस्था रहेको र यसअघिको निर्वाचनमा पनि नतिजा राम्रो ल्याएकाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा गठबन्धनबाट कांग्रेसका उम्मेदवारले टिकट पाउनुपर्ने स्वाभाविक रहेको बताउनुभयो ।

प्रवक्ता महतले उम्मेदवारी फिर्ता नलिए पनि माओवादी केन्द्रले आफ्ना उम्मेदवारको प्रचारप्रसार नगरी गठबन्धनबीचको सहमतिअनुरुप नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने विश्वास व्यक्त गर्नुभयो ।




भर्खरै