२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिले निर्वाचनको सघन तयारीको अवस्थामा: आयुक्त थपलिया



अ+ अ-

मनाङ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अहिले निर्वाचनको सघन तयारीको अवस्थामा रहेको बताउनुभयो ।

नेपाल टेलिभिजनद्वारा हिजाे पोखरामा आयोजित जिल्ला संवाददाताका लागि निर्वाचन रिपोर्टिङ तथा पुनर्ताजगी तालिमको उद्घाटन गर्नुहुँदै थपलियाले सो बताउनुभएको हो ।

“उम्मेदवारी स्पष्ट भइसकेकाले सञ्चारकर्मीका लागि निर्वाचनको अत्यन्तै महत्वपूर्ण, अत्यन्तै जटिल र सघन तयारी गरी मङ्सिर ४ गतेलाई सफल बनाउनु हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो । निर्वाचनलाई सफल र सञ्चार र सरकारको सहयोग अपरिहार्य रहेको उहाँको भनाई छ ।

यो निर्वाचन निर्वाचन मात्रै नभएर लोकतन्त्रको संरक्षणका लागि भएको थपलियाले बताउनुभयो । संवैधानिक आयोग भएकाले त्यसका अतिरिक्त निर्वाचनको वातावरण र मिति तय गर्ने सञ्चारकर्मीले भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।

“बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक प्रणालीलाई स्थापित गरेकोले यहाँ दलहरुको भूमिका रहेको छ । राजनीतिक दलको प्रतिनिबद्धता, सहभागिता, चाहना र क्रियाशीलताले निर्वाचनप्रति कुनै पनि अवरोध गर्न सक्ने मानसिकता नरहेको उहाँले स्पष्ट पार्नुभयो । यसले निर्वाचनको सुरक्षाको काम गरेको उहाँको भनाई थियो ।

नागरिक समाज सबैभन्दा माथि आमसञ्चार क्षेत्रको अग्रसरताले निर्वाचन पुरा गर्ने अवसर पाएको उहाँले बताउनुभयो । “हामी कुनै उम्मेदवारले जित्ने, हार्ने हुने प्रक्रियाको सुरुआत भएको र हरेक नागरिकलाई नेतृत्व छान्ने अवसरका लागि अधिकार प्रयोग पाएका छन्,” थपलियाले भन्नुभयो ।

पत्रकारिताको मूल्य, मान्यतालाई ख्याल गरी सञ्चारकर्म गर्न उहाँले आग्रह गर्नुभयो । नेपाल टेलिभिजनसँग सम्बद्ध पत्रकार राजनीतिक दलमा आवद्ध भएको नभएको वाच डकको रुपमा निर्वाचनले अनुगमन गर्ने उहाँको भनाई छ । सबैलाई समान राखेर काम गर्न उहाँको सुझाव छ । सरकारी सञ्चारमाध्यममा आवद्ध पत्रकारलाई आयोगले स्पष्टीकरण सोध्ने अवस्था सिर्जना नगर्न उहाँले बताउनुभयो ।

नवीन लामिछाने / रासस