२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः नामिबियाले श्रीलंकालाई ५५ रनले हरायो



अ+ अ-

एजेन्सी । नामिबियाले अष्ट्रेलियामा जारी टी–२० विश्वकपको जितसहित सुरुवात गरेको छ । आइतबार भएको छनोट खेलमा नामिबियाले श्रीलंका जस्तो महान टोलीलाई ५५ रनले पराजित गरेको हो ।

श्रीलंकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नामिबियाले श्रीलंकालाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । खराब सुरुवातबाट गुज्रिएको नामिबियाले अन्तिम ५ ओभरमा ६८ रन बनाएको थियो ।

१६४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सम्पूर्ण टोली १०८ रनमा अलआउट भयो । खेलमा श्रीलंकाको ब्याटिङ पूर्ण रुपमा फ्लप रह्यो । कप्तान शनाकाले सर्वाधिक २९ रन बनाए ।

नामिबियाका जेन फ्राइलिंक र जेजे स्मितले ६९ रनको साझेदारी गरे । दुवैले महत्वपूर्ण अवसरमा श्रीलंकाका तीन महत्वपूर्ण विकेट पनि लिएका थिए ।

यस जितको नायक जेन फ्राइलिंक थिए । उनले ब्याट र बल दुबैमा सानदार प्रदर्शन गरे । ब्याटिङका क्रममा ४४ रन बनाएका उनले बलिङतर्फ दुई विकेट पनि लिए । नामिबियाका लागि डेभिड विसे, बर्नार्ड स्कोल्ट्ज, बेन शिकोङ्गो र जेन क्रिलिंकले समान २–२ विकेट लिए ।

यो जितसँगै नामिबियाले सुपर–१२ मा प्रवेश गर्ने बलियो दावी पेश गरेको छ । तर, उसले अझै तीन खेल खेल्न बाँकी छ । अर्कोतर्फ, यो हारले सन् २०१४ को च्याम्पियन श्रीलंकाको आशामा ठूलो धक्का पुगेको छ । यदि उसले सुपर–१२ मा पुग्न चाहन्छ भने बाँकी छनोट खेलहरू जित्नुपर्छ ।

विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिता अष्ट्रेलियाका विभिन्नि ७ स्थानमा हुनेछ । पहिलो चरणका दुई समूहबाट शीर्ष दुई–दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । पहिलो चरणमा नामिबिया, श्रीलंका, नेदरल्यान्ड्स र युएई छन् । समूह ‘बी’बाट आयरल्यान्ड, जिम्बावे, वेस्टइन्डिज र स्कटल्यान्ड छन् ।

पहिलो चरणको खेलपछि मात्रै सुपर १२ को खेलहरु हुनेछन् । सुपर १२ का टोलीले वार्मअप खेलहरु खेल्नेछन् । सुपर १२ को समूह १ मा – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् ।

यसैगरी, सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । सुपर १२ का शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।