६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहार नजिकिएसँगै बढ्यो कुचोको माग (फोटो/भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ ।

लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाई टीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरुलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो । कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो बनाउन भ्याइनभ्याइ भएको छ ।

नेपालमा मात्रै नभइ भारतमा पनि कुचोको माग बढेको काठमाडौंको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताउनु भयो । उहाँले नेपालमा कुचोको काम गर्न थालेको ६ वर्ष भएको र त्यसअघि भारतमा कपनि कुचो व्यवसाय गरेको बताउनु भयो । उहाँले आफूले उत्पादन गरेका कुचोहरु नेपालमा भन्दा धेरै भारतमा पठाउने गरेको बताउनु भयो ।

यस वर्ष भने देशकै आर्थिक अवस्था कमजोर भएकाले नेपालमा कुचोको माग धेरै नरहेको बताउनु भयो । उहाँले देशको आर्थिक मन्दीका कारण यस वर्ष गत वर्षको तुलनामा आधा पनि व्यापार नहुने अवस्था रहेको बताउनु भयो । उहाँले अहिले बजारमा कुचोको मूल्य १५० देखि २०० रुपैयाँसम्म पर्ने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१४/१५ वर्ष भयो कुचो व्यापार गर्न थालेको । नेपालमा काम गर्न थालेको ६ वर्ष लाग्यो । भारतमा धेरै सेल गर्छु । अम्रिसो पहाडका क्षेत्रतिर पाइन्छ । कोरोनापछि अहिले पनि राम्रोसँग व्यापार भएको छैन । आर्थिक अवस्था कमजोर भएकाले पनि होला व्यापार धेरै छैन । व्यापार राम्रो होला जस्तो छैन यस वर्षको तिहारमा । पहिला तिहारका तीन महिनाको बीचमा राम्रो व्यापार हुन्थ्यो । झाडु, कुचो, थुन्से, नाम्ला सबै गरेर बेच्ने गरेका छौँ । तर यसपालि त्यसको आधा पनि हुनसक्ने स्थिति छैन । बजारमा पैसा नै छैन । अहिले २ सय छ, तर घटेर १५० सम्म आउने स्थिति छ । यस वर्षको तिहारमा पनि आर्थिक अवस्था कमजोर रहेकाले माग पनि खासै आइरहेको छैन ।’

त्यस्तै गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठले भने तिहार लागेसँगै बजारमा कुचोको माग अत्याधिक बढेको बताउनु भयो । उहाँले नेपाली बजारमा तिहारका लागि काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाहरुबाट पनि माग आएको र गत सालको भन्दा धेरै माग बढेको बताउनु भयो । उहाँले अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचो बजारमा पठाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजारमा अहिले नर्मल कुचोको मूल्य नै ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म छ । तिहारका लागि धेरै माग बढेको छ । काठमाडौंमा मात्रै नभइ अन्य जिल्लामा पनि धेरै माग छ । पोहोरको भन्दा धेरै माग छ । अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचा पठाइरहेका छौँ ।’

तिहार नजिकिएसँगै डोको, डालो र कुचोको पूजा गर्नका लागि यो समयमा कुचो खपत अरू समयभन्दा धेरै हुने गर्छ ।