२९ भाद्र २०८३, सोमबार
,
Latest
कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा र प्रदेशसभातर्फ खस आर्य उम्मेदवारको बाहुल्य



अ+ अ-

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको छ ।

प्रतिनिधिसभातर्फ कूल दुई हजार चार सय १२ उम्मेदवारमध्ये खस आर्य समूहमा सबैभन्दा बढी एक हजार १७ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगको तथ्याङ्क छ । आदिवासी जनजाति समूहमा छ सय ४१, मधेसी समूहतर्फ पाँच सय छ, दलिततर्फ ९७, मुस्लिमतर्फ ८२ र थारु समूहतर्फ ६९ जनाको उम्मेदवारी कायम भएको छ ।

प्रदेशसभातर्फ पनि खसआर्य समूहका उम्मेदवार बढी देखिएका छन् । खसआर्यतर्फ एक हजार ५५ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन हजार २२४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेशसभातर्फ नौ सय छ आदिवासी जनजाति, आठ सय ७४ मधेसी, एक सय ४५ मुस्लिम, एक सय ४४ दलित र एक सय जना थारु समूहतर्फ उम्मेदवारी कायम भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यही असोज २३ गते देशभर उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो । रासस