१६ असार २०८३, मंगलवार
,
Latest
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा कोशी प्रदेशमा लागुऔषधसहित पाँच जना पक्राउ विद्युत् अवरोध न्यूनीकरणका लागि एक हजार कर्मचारी परिचालन, गुनासोका लागि हटलाइन ११५१ सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चरित्रमा बाँच्ने विपीन



अ+ अ-

काठमाडौँ । अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिनुहुन्छ । लूट, छड्के, पशुपति प्रसाद, नाका, हरिलगायतमा उहाँको चरित्रले पहिचान स्थापित गर्यो । उहाँलाई चलचित्र ‘जात्रा’ पश्चात मात्र दर्शकले चिन्न थालेका छन् । जात्रै जात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै फिल्ममा भित्रिनुभएको हो । ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गर्नुभएका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार्नुभयो ।

“मैले चरित्र बाच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु”, अभिनेता कार्कीले भन्नुभयो । यद्यपि फिल्ममा भने उहाँ वर्षाको पिता बन्नुभएन । निर्देशक दीपेन्द्र के खनालले जोखिम लिन चाहनुभएन । “दर्शकले विश्वास गर्नुहुन्न की रु मेकअप आर्टिस्टले राम्रो गर्न सक्नुभएन भने रु जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको हुँ”, अभिनेता कार्कीले भन्नुभयो ।

प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझैँ पर्दामा ल्याउन नसकेको उहाँ बताउनुहुन्छ । चरित्रमा बाँच्ने अभिनेता कार्कीलाई लिएर केही समयदेखि कलात्मक पाटो भन्दा व्यावसायिक पाटोले आकर्षणगर्ने गरेको गुनासो फिल्मकर्मीले गर्न थालेका छन् । “म कलाकारसँगै छोरा, श्रीमान् र पिता पनि हुँ । यी दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । व्यावसायिक पाटोमा भने मेकर्सको सोचले फरक पार्छ । कलात्मकतामा कला र व्यावसायिकमा व्यावसायिकता खोज्ने गरेको छु”, अभिनेता कार्कीले भन्नुभयो ।

अर्का अभिनेता दयाहाङ राईसमेत अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित हुनुहुन्छ । “हामीले केही फिल्ममासँगै काम गरेका छौँ । उहाँको चरित्रप्रतिको गम्भिरता र निर्माणमा गरेको मेहनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ”, अभिनेता राईले भन्नुभयो । अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रै जात्रा र के घर के डेरामा सँगै काम गर्नुभएको छ ।