• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा

खानी विस्फोटमा टर्कीमा २८ जनाको मृत्यु, थुप्रै फसे



एजेन्सी । उद्धारकर्ताहरूले शनिबार उत्तरी टर्कीमा कोइलाको खाडलमा फसेका एक दर्जन भन्दा बढी खानी कामदारहरूलाई उद्धार गरेका छन् । खानीमा मिथेन विस्फोटमा परी कम्तिमा २८ जनाको मृत्यु भएको थियो।

‘हाम्रा ५८ खानी कामदारहरू सकुशल बाहिर निस्कन सफल भएका छन् भने १५ जना कामदार अझै त्यहाँ फसिरहेको अनुमान छ । उनीहरूलाई बचाउने प्रयास गरिरहेका छौं’, आन्तरिक मन्त्री सुलेमान सोयलुले जनाकारी दिएका छन् ।

सोइलुले यसअघि टर्कीको सबैभन्दा घातक औद्योगिक दुर्घटनामध्ये एक सो दुर्घटनामा करिब ११० जना कामदारले काम गरिरहेका थिए ।

ऊर्जामन्त्री फातिह डोनमेजका अनुसार विस्फोटपछि एउटा सुरुङमा आगो लागेको थियो। विस्फोटबाट प्रभावित सुरुङहरू जमिनबाट करिब ३०० र ३५० मिटर (गज) तल रहेको अनुमान गरिएको छ।

स्वास्थ्यमन्त्री फहरेटिन कोकाले यसअघि सकुशल बाहिर निकालिएका ११ जनाको अस्पतालमा उपचार भइरहेको ट्वीट गरेका थिए। केही कामदारहरू विस्फोटपछि आफै बाहिर निस्कन सफल भएका थिए भने केहीलाई उद्धार गरिएको थियो ।

सो घटनापछि टेलिभिजनमा हृदयविदारक तस्बिरहरू देखाइएका थिए जसले घटनालाई नजिकबाट नियाल्न सहयोग पुगेको थियो ।