२३ आश्विन २०८१, बुधबार
,
Latest
अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड २० रुपैयाँको एक बोतल पानी सय रुपियाँमा बेच्दा… एमाले र कांग्रेस संविधान खारेज गर्न लागिरहेको प्रचण्डको आरोप दशैंमा घर फिर्तीको हतारो (फोटो फिचर) खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो परिवर्तनका लागि गद्दी त्यागें, तर केही भएन : पूर्वराजा ज्ञानेन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसकी कलिला खातुनले गरिन् उम्मेदवारी फिर्ता



अ+ अ-

तनहुँ । तनहुँ प्रदेश सभा १ ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गराएकी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य कलिला खातुनले उम्मेदवारी फिर्ता लिएकी छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै खातुनले सोही निर्वाचन क्षेत्रबाट गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता हरिबहादुर चुमान (अजित)लाई सघाउने प्रतिवद्धता पनि जनाएकी छन् ।

गठबन्धनको सिफारिस बिनै उम्मेदवारी दर्ता गराएकी खातुनले विज्ञप्तिमा भनेकी छिन्–‘देशको जटिल परिस्थितीका कारण हाम्रो बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लगायतका महान उपलब्धीहरुको रक्षा गर्दै प्रतिगमनकारी शक्तिलाई परास्त गर्नु अहिलेको प्रमुख आवश्यकता रहेकाले मैले गठबन्धनका शिर्ष नेताहरुको आग्रहमा आजकै दिनबाट आफनो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’