१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरूष १५ सय मिटरमा आर्मीका मुकेशले जिते स्वर्ण



अ+ अ-

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरूषतर्फ १५ सय मिटरको दौडमा आर्मीका मुकेश पलले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा शनिबार भएको दौडमा मुकेसले निर्धारित दुरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे ।

रजत पदक विजेता एपीएफका अजित यादवले ३ मिनेट ५३.११सेकेण्डमा निर्धारित दुरि पूरा गरे।

यस्तै, पुलिसका नागेश्वर अघरि ३ मिनेट ५६.५ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै कास्य जित्न सफल भए ।