२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष चौधरी एमाले प्रवेश



अ+ अ-

कपिलवस्तु । जनता समाजवादी पार्टीका नेता तथा मायादेवी गाउँपालिकाका पूर्व अध्यक्ष वजरंगीप्रसाद चौधरी एमाले प्रवेश गरेका छन् ।

उनीसँगै माधुरी अग्रहरी र कपिलवस्तु नगरपालिका वडा नं. ११ का ७५ जना नेपाली काँग्रेसका कार्यकर्ता र समर्थक पनि एमाले प्रवेश गरेका छन् । अग्रहरी गएको स्थानीय तहको निर्वाचनमा पालिकाको उपाध्यक्ष पदमा झिनो मतले पराजित भएकी थिइन् ।

सो अवसरमा नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार वलराम अधिकारीले जनतामा एमालेप्रतिको विश्वास बढेको भन्दै अब देशको जिम्मेवारी लिन एमालेले भारीमतले जित्नुपर्ने धारणा राखे ।