९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

तोकिएभन्दा बढी शुल्क लिने होटललाई जरीवाना

तोकिएभन्दा बढी शुल्क लिने होटललाई जरीवाना
अ अ+ अ-

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिएभन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरीवाना गरेको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले रु दुई लाखका दरले जरीवाना गरेको हो ।

व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग कुनै वस्तुमा तोकिएभन्दा बढी मूल्य लिएको प्रमाणित भएपछि रु दुईरदुई लाखका दरले जरीवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए ।

“ती दुई होटलले मूल्यसूचीभन्दा बढी मूल्य लिएर सामग्री बेचेको पटक–पटक गुनासो आएको थियो, हाम्रो टोलीले पनि स्थलगत अनुगमन गर्दा त्यो प्रमाणित भयो”, गैह्रेले भने, “सोही आधारमा दुई होटललाई रु दुई लाखका दरले जरीवाना गर्ने निर्णय गरेका हौँ ।”

सहायक प्रजिअ गैह्रेका अनुसार दुवै होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम रु दुई लाखका दरले जरीवाना गरिएको छ । उक्त जरीवाना असोज २७ गतेदेखि सात दिनभित्र प्रशासन कार्यालयको नाममा नेपाल बैङ्क दमौली शाखाको राजश्व शीर्षक नम्बर १४३१२ मा जम्मा गर्न निर्देशन दिइएको छ । “उक्त अवधिभर जरीवाना रकम नबुझाएमा सोही ऐनको दफा ३९ को उपदफा ९४० बमोजिम थप कारवाही हुनेछ”, गैह्रेले भने ।

प्रशासनको उक्त निर्णयमा चित्त नबुझेमा सात दिनभित्र उल्लेखित जरीवानाको पचास प्रतिशत रकम वाणिज्य विभाग काठमाडौँको धरौटी खातामा जम्मा गरेको सक्कलै भौचरको तेस्रो प्रतिसहित विभागका महानिर्देशक समक्ष पुनरावलोकनका लागि निवेदन गर्न सकिने जनाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले यो निर्णयले अन्य होटललाई पनि सच्चिने मौका मिल्ने बताए । “अन्य होटलमा पनि यस्तो कार्य भएको हुन सक्छ, प्रशासनले जरीवाना गरेको निर्णयले अरु होटल सञ्चालकलाई पनि झस्काउन सक्ने र सचेत हुने मौका मिल्छ”, उनले भने । पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डमा सञ्चालित होटलहरूले ग्राहकसँग तोकिएभन्दा बढी मूल्य लिने गरेको गुनासो बेला–बेलामा आउने गरेको थियो ।