२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ ३: गठबन्धनको तर्फबाट उम्मेदवार डा. शर्मा सहितलाई जिताउन सयुक्त आब्हान



अ+ अ-

मोरङ । मोरङ क्षेत्र नं. ३ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा. सुनील शर्मालाई जिताउनका लागि संयुक्त विज्ञप्ति जारी गरिएको छ ।

संयुक्त लोकतान्त्रिक बाम गठबन्धनले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवार डा। शर्मासहितका उम्मेदवारलाई जिताउन संयुक्त विज्ञप्ति जारी गरेर अपिल गरिएको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा डा. शर्माले प्रतिनिधिसभामा कांग्रेसबाट उम्मेदवार छन् ।

नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेशकुमार खड्का, नेकपा माओबादी केन्द्रका क्षेत्रीय संयोजक खेमराज भट्टराई ९दीपक० र नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य चण्डीप्रसाद राईले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्ता सहित आम नागरिकमा अपिल गरेका हुन ।

जसका लागि नेकपा एकीकृत समाजवादीका केन्द्रीय पोलिटब्यूरो सदस्य हर्कमान तामाङको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय राजनीतिक संयन्त्र तथा अनुगमन समिति गठन गरिएको छ ।

‘संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउनका निम्ति नेपाली कांग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादीका विभिन्न शीर्ष नेताहरूबीच आ–आफ्नो पक्षहरूबीच व्यापक जनपरिचालन गर्नेछौँ,’ विज्ञप्तिमा भनिएको छ ।