२८ मंसिर २०८१, शुक्रबार
,
Latest
नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र होः प्रधानमन्त्री ओली सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य क्रिकेटर ब्रायन लारा काठमाडौं आइपुगे लुम्बिनीले १२८ रनमा रोक्यो कर्णाली याक्सलाइ मुग्लिन पोखरा सडक: कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध एनपिएलः कर्णालीविरुद्व फिल्डिङमा लुम्बिनी सगरमाथा निकुञ्ज र वायुसेवा कम्पनीबीच जुहारी, खुम्बु क्षेत्रमा हेलिकप्टर उडान नरोक्ने त्रिविमा राजनीतिक हस्तक्षप बढेकोमा रास्वपाको आपत्ति, उत्कृष्टताका आधारमा नियुक्त गर्न माग राष्ट्रिय फोटो पत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेत बगरमा परिणत



अ+ अ-

मुगु । लगातार छ दिनसम्म परेको अविरल वर्षाले मुगु जिल्लाको खत्याड गाउँपालिकामा मानवीय क्षति नभए पनि भौतिकरूपमा क्षति पुर्याएको छ ।

अन्न बाली भित्र्याउने बेला वर्षाले धान, मकै, सिमी, मासलगायतका बाली बोटमै ढल्नुका साथै कोदो, फाफर बोटमै कुहिएका छन् । खेतीयोग्य जमिन खोलाले बगाएर बगरमा परिणत हुनुका साथै बाँकी रहेका खेतमा खोलाको बालुवा, ढुङ्गा र माटो पसेर धान पुरिएका छन् ।

जलविद्युत्को पावरहाउस साथै पशु चौपाया बगाएको छ । खत्याड गाउँपालिकामा तीन हजार छ सय घरधुरीमध्ये दुई हजारभन्दा बढी घर जोखिममा परेको बताइएको छ । वर्षाले के कति क्षति पुर्याएको भन्ने यकिन तथ्याङ्क सङ्कलन गर्न कठिन भएको छ ।

खत्याड वडा नं ३ का वडा सदस्य डबल बानियाँले भन्नुभयो, “ क्षतिको विवरण सङ्कलन गर्न भनी सूचना प्रकाशन गरेको छौँ ।” यसै क्रममा गाउँपालिकाका अध्यक्ष, कृषि शाखा प्रमुख, सुरक्षाकर्मी र स्थानीय क्षतिको यकिन गर्न खटिएका जनाइएको छ ।