२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४.१५ अंकले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।

बिहीवार नेप्से परिसूचक ४.१५ अंक बढेर १८७०.६३ बिन्दुमा बन्द भएको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.९५ अंक, फ्लोट इण्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३१ अंकले बढेको छ ।

बिहीवार कारोबारमा आएका २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधवारको तुलनामा बिहीवार कारोबार रकममा सामान्य सुधार भएको छ । बुधवार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्य जलविद्युत उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.५३ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ ।

बिहीवार अभियान लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै,रुरु जलविद्युत परियोजनाको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यता, सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य ४.४५ प्रतिशत घटेको छ। आज नबिल बैंकको ३ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।