• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

महिला क्रिकेटः एपीएफ विजयी(भिडीयोसहित)



पोखरा । राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफले बिहीवार आयोजक गण्डकी प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रश्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकी रहँदै भेटाउन सफल भएको हो ।

अघिल्लो खेलमा संघर्षपूर्ण जित निकालेको एपिएफले यससँगै जारी प्रतियोगितामा लागातार दोस्रो जित पनि निकालेको छ । जवाफी ब्याटिङ गरेको एपीएफको तर्फबाट सीता राना मगरले ५ बलमा २ चौका प्रहार गर्दै १२ रनको पारी खेल्दा इन्दु बर्माले ३ बलमा २ चौकासहित ९ रन योगादान गर्दै जित दिलाइन् ।

खराब लयबाट गुज्रिरहेको गण्डकीले पहिला व्याटिङ गर्दै १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर २६ रन बनाएको थियो । गण्डकीका कुनैपनि खेलाडीले दोहोरो आँकडाको योगफल तयार पार्न सकेनन् । श्रृष्टी जैसीले बनाएको ५ रन नै गण्डकीको सर्वाधिक बन्न पुग्यो ।

एपीएफको बलिङमा प्लेयर अफ द म्याच इन्दु बर्माले ३ ओभरमा ४ रन खर्चिएर २ विकेट लिइन् । त्यस्तै, सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगरले १–१ विकेट लिए । गण्डकीका श्रृष्टी जैसीले १ विकेट लिइन् ।

जितसँगै एपीएफ ग्रुप ए को शीर्ष स्थानमा पुगेको छ । एपीएफले दुई खेलमा दुई जित हाँसिल गर्दै ४ अंक जोडेको छ ।