१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

पूर्व सूचना प्रणालीको द्रुततर विकासमा सरकार लागिपरेको छः गृह सचिव (भिडीयोसहित)

पूर्व सूचना प्रणालीको द्रुततर विकासमा सरकार लागिपरेको छः गृह सचिव (भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले पूर्व सूचना प्रणालीलाई सबै क्षेत्रमा प्रभावकारी बनाउन नसक्दा वर्षेनी विपद्जन्य जोखिमका समस्या बढ्दै गएको भन्दै पूर्व सूचना प्रणालीको द्रुततर विकास गर्न सरकार लागिपरेको बताएको छ ।

बिहीवार अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवसको अवसरमा गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा बाढीको लागि मात्रै पूर्व सूचना प्रणाली प्रभावकारी भएको पाइएपनि अन्य क्षेत्रमा पूर्व सूचना प्रणालीको व्यवस्थापन र कार्यान्वयन फितलो रहेको बताउनु भयो । सचिव सिंहले बाढीबाट हुने मानवीय क्षति कम भएपनि धनको क्षति भने अझै कम गर्न नसकेको बताउनु भयो ।

उहाँले डढेलो, चट्याङ, हावाहुरी जस्ता विपद्का घटनाको अझैपनि पूर्व सूचना प्रणालीको विकास हुन नसकेको बताउनु भयो । उहाँले चट्याङका कारण हरेक वर्ष नेपालमा १ सय भन्दा धेरैले ज्यान गुमाउने गरेको उल्लेख गर्दै सरकारले चट्याङको पूर्व सूचना प्रणालीको विकास गर्न लागेको बताउनु भयो ।  उहाँले सबै खालका जोखिमहरुको पूर्वानुमान हुनसक्ने र पूर्व सूचना दिनसक्ने हो भने जनधनको क्षति कम हुने बताउनु भयो । कतिपय स्थानमा भू बनावटको अध्ययन नभइ बस्ती बसेको र कतिपय ठाउँमा नदीको किनारमा बस्ती बस्नाले विपद्का घटना बढीरहेको र व्यवस्थापनको कार्य कठिन भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अर्लि वार्निङ सिस्टमलाई प्रभावकारी रुपमा लागू गर्न सकेका छैनौँ । हामीले जल उत्पन्न हुने खालका र विशेष गरी बाढीको लागिमात्रै पूर्व सूचना प्रभावकारी भएको जस्तो देखिन्छ । त्यसले मानवीय क्षति त कम भएको छ, तरपनि धनको क्षति, बालीको क्षतिलाई रोक्नसकेका छैनौँ । डढेलो, चट्याङ, हावाहुरीको कुरामा पूर्वानुमान गर्ने पूर्व सूचनाप्रणालीको विकास गर्न सकेका छैनौँ । हरेक वर्ष अहिले पनि १ सय जना मानिसको चट्याङबाट मृत्यु भइरहेको छ ।

त्यसलाई रोक्न हामीले अहिले चट्याङको पनि पूर्व सूचना प्रणाली विकास गर्दैछौँ । विज्ञहरुको प्रतिवेदन आएपछि त्यो सिस्टम पनि लागू गर्नेछौँ । अन्य विपद्का कुरामा पनि हामीले विभिन्न दातृ निकायहरुसँग कुरा गरिरहेका छौँ । हामी सकेसम्म सबै खालका जोखिमहरुको पूर्वानुमान हुनसक्ने र पूर्व सूचना दिनसके जनधनको क्षति कम गर्नसक्छौँ । भू बनावटको अध्ययन बिना नै बस्तीहरु बसेका छन्, कोही खोलाको छेउमा बसेका बस्ती छन्, उहाँहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेपनि राष्ट्रिय स्तरको छलफल हुन आवश्यक छ ।’

गृहसचिव सिंहले सरकारको विपद् प्रतिकार्य योजनाको परिणामअनुसार यस वर्ष गत वर्षको तुलनामा बाढीबाट हुने मानविय क्षति कम भएको बताउनु भयो । उहाँले सरकारले दिएको पूर्व सूचना र पूर्व तयारीको कार्यान्वयनका कारण गत वर्षको तुलनामा बाढीबाट मानविय क्षति कम भएपनि धनको क्षति कम गर्न नसकेको बताउनु भयो । गृहसचिव सिंहले यस वर्ष पहिरोबाट हुने क्षति भने गत वर्षको तुलनामा
बढीरहेको बताउनु भयो ।

उहाँले हालै पहिरो र बाढीका कारण पश्चिमका क्षेत्रहरुमा ठूलो क्षति भएको बताउँदै सरकारले खोजि, उद्धार र राहतका कार्यलाई तदारुकताका साथ अघि बढाएको बताउनु भयो । उहाँले अहिले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमा विपद् व्यवस्थापन कोष राखिएको र उक्त कोषबाट कुनै व्यक्तिको विपद्बाट मृत्यु भएको अवस्थामा तत्काल २ लाख रुपैयाँ र घरको क्षति भए १५ हजार रुपैयाँ तत्काल दिने व्यवस्था गरिएको उल्लेख गर्नुभयो । गृहसचिव सिंहले गत १५ दिनमा मात्रै विभिन्न जिल्लाका कोषमा डेढ करोड रुपैयाँ मन्त्रालयले उपलब्ध गराएको बताउनु भयो ।

गृहसचिव सिंहले पश्चिमी क्षेत्रमा अविरल वर्षाका कारण भएको क्षतिले केही स्थानमा धाँजा फाट्ने र बस्तीहरु नै बगेको अवस्था रहेकाले उक्त क्षेत्रका स्थानीयको स्थायी बसोवासका लागि मन्त्रालयले काम गरिरहेको बताउनु भयो ।