१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

नवौँँ राष्ट्रिय खेलकुद: दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

नवौँँ राष्ट्रिय खेलकुद: दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने
अ अ+ अ-

कास्की । गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको नवौँँ राष्ट्रिय खेलकुदमा सुरक्षा प्रबन्धलाई विशेष महत्वका साथ व्यवस्थापन गरिएको छ । खेलकुद प्रतियोगितालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने गरी सुरक्षा कार्ययोजना बनाइएको छ ।

खेलाडी, दर्शक र पाहुनाले सुरक्षाको पूर्ण अनुभूति गर्ने गरी सुरक्षालाई ध्यान दिइएको छ । शुक्रबारदेखि कात्तिक ३ गतेसम्म मुख्य गरी पोखरा केन्द्रित भएर गण्डकी आठ जिल्लामा हुने प्रतियोगितामा आठ हजार हाराहारी खेलाडी, प्रशिक्षक र अफिसियल गरी दश हजार हाराहारीमा सहभागिता हुने भएपछि सुरक्षालाई चुस्त बनाउन यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई त्रुटिरहित ढङ्गले खेलको सुरक्षार्थ खटिन र सम्भावित दुर्घटना तथा सुरक्षा चुनौतीलाई मध्यनजर गरी समयमै खबर गराउन निर्देशनसमेत गरिएको प्रहरीले जनाएको छ । सबै खेलस्थल, उद्घाटन तथा समापन समारोह, रङ्गशालाको प्रवेशद्वार, खेलाडी बास बसेको होटललगायतका स्थलमा विशेष उपकरणसहितका सुरक्षाकर्मी परिचालन गर्ने गरी संयुक्त सुरक्षा योजनाअनुसार सुरक्षा प्रबन्ध मिलाइएको नवौँँ राष्ट्रिय खेलकुद सुरक्षा उपसमितिका संयोजकसमेत रहनुभएका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले बताउनुभयो ।

प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसहित नेपाली सेनाले समेत सुरक्षा दिनेछन् । खेलस्थल र रङ्गशालामा जनपथ र सशस्त्र प्रहरी सँगसँगै परिचालित हुनेछ भने सेनाले अतिविशिष्ट व्यक्तिको सवारीमा सुरक्षा प्रबन्ध गर्नेछ । प्रहरी प्रमुख जोशीका अनुसार प्रतियोगिताको उद्घाटनदेखि समापन समारोहसम्मका सात दिन प्रतियोगिता हुने आठ जिल्लामा दैनिक एक हजार एक सय जनपथ प्रहरी र दुई सय सशस्त्र गरी एक हजार तीन सय प्रहरी परिचालन हुनेछन् ।

यसबाहेक आवश्यकता अनुसार थप प्रहरी परिचालन गर्ने गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालयमा २५ जनाको टोली ‘स्टाण्ट बाई’ तैथानीमा रहने र थप मद्दत परेको खण्डमा तुरुन्त परिचालित हुने व्यवस्था गरिएको छ । “राष्ट्रिय खेलकुदको सुरक्षामा कुनै कमी नरहने गरी संयुक्त सुरक्षा योजना तयार पारेर कार्यान्वयन गरेका छौँ ।” गण्डकी प्रदेश प्रहरी प्रमुख जोशीले भन्नुभयो”, खेलस्थलको र रङ्गशालाको सुरक्षा, भिभिआइपी सवारी, ट्राफिक व्यवस्थापनलगायतलाई ध्यान दिएर सुरक्षा प्रदान गर्नेछौँ ।”

प्रहरीले ठाउँ ठाउँमा मेटल डिटेक्टर, सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ । पोखराबाहेक अन्यत्र खेल हुने बाहिरी जिल्लामा समेत जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर एउटा संयुक्त सुरक्षा योजना तयार भएकाले सोहीअनुसार सुरक्षा व्यवस्था गरिने जनाइएको छ ।

राष्ट्रिय खेलकुदका लागि आम नागरिकको समर्थन रहेकाले कुनै ‘सुरक्षा थ्रेट’ भने नरहेको आकलन प्रहरीको छ । “औपचारिक उद्घाटन अघिनै केही खेल अहिले चलिरहेको छ, हरेक खेल भइरहेको ठाउँमा नेपाल प्रहरीको उपस्थिति छ । अफिसरको कमाण्डमा रहने सुरक्षा टोलीले खेलस्थलमा सुरक्षा दिएको छ ।” सुरक्षा उपसमितिका संयोजकसमेत रहनुभएका प्रहरी प्रमुख जोशीले भन्नुभयो ।

नवौँँको सुरक्षाका लागि गठित उपसमितिमा प्रहरी प्रमुख जोशीसहित सशस्त्र प्रहरीका एसएसपी, जिल्ला प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक, नेपाली सेनाका कर्णेल, महानगरका सुरक्षा महाशाखा प्रमुख, खेलकुदका पदाधिकारी रहेका छन् ।

नवौँँको समग्र सुरक्षा कमाण्ड प्रदेश प्रहरी प्रमुख जोशीले गर्ने भए पनि फिल्डमा खटिएर हेर्न र समन्वयका लागि प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज पन्त तोकिनुभएको छ । उहाँले नै अन्य सुरक्षा निकायसँग समन्वय र रिर्पोटिङ गर्नुहुनेछ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख एवं सुरक्षा उपसमितिका सचिव लक्ष्मण योगीले सुरक्षाका लागि रङ्गशाला र अन्य खेलस्थलको प्रवेशद्वारमा सिसिटिभी जडान गरिएको बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्बाट निजी सुरक्षा गार्ड, स्वयमंसेवक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । रासस