१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

नवौँ राष्ट्रिय खेलकुद: सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको

नवौँ राष्ट्रिय खेलकुद: सेनाको पुनः ‘च्याम्पियन’ बन्ने धोको
अ अ+ अ-

काठमाडौं । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुनः ‘च्याम्पियन’को उपाधि जित्ने दाबी गरेको छ ।

बाह्रै महिना तालिम, खेलकुद पूर्वाधार, व्यवस्थापन र प्रशिक्षणसहितको तयारीस्तरलाई हेर्दा ‘च्याम्पियन’को इतिहास आफनो टोलीले सहजरुपमै दोहो¥याउने नेपाली सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रका प्रमुख महासेनानी मुनाल बस्नेतले दाबी गर्नुभयो । यसअघि सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगिताका सातौँ र आठौँ संस्करणमा सेनाको त्रिभुवन आर्मी क्लब ‘च्याम्पियन’ बन्न सफल भएको थियो ।

उहाँले भन्नुभयो, “तालिमको स्तर हेर्दा अघिल्लोभन्दा यसपाली प्रदर्शन राम्रो हुन्छ, नतिजा पनि राम्रो हुने अपेक्षा छ । राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र खेलको सबैभन्दा ठूलो समारोह हो । अन्य टोलीका तुलनामा पूर्वाधार र व्यवस्थापन चुस्त छ, खेलाडी अब्बल छन्, च्याम्पियनको इतिहासको वर्चश्व कायम राख्न कोसिस गर्छौं ।”

सङ्घीय संरचनाका आधारमा हँुदैआएको राष्ट्रिय खेलकुद प्रतियोगिता यस पटक भने प्रादेशिक संरचनामा हुन लागेकाले विभागीय टोलीलाई प्रादेशिक टोलीको कडा चुनौती सामना गर्नुपर्ने देखिएको छ । सेनाले प्रतिस्पर्धामा पदक आफ्नो पक्षमा पार्न सामूहिकभन्दा व्यक्तिगत खेल विधातर्फ बढी ध्यान केन्द्रित गरेको छ । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै खेलकुदप्रतिको सर्वत्र चासो र रुचि बढेको हुँदा प्रतिस्पर्धा र गुणस्तरी खेलाडी उत्पादनमा निकै प्रभावकारी नतिजा हासिल हुने विश्वास गरिएको छ ।

पछिल्लो समय खेलकुदको विकासका लागि प्रादेशिक र स्थानीय तहमा समेत विभिन्न संरचना र कार्यक्रम विकास तथा विस्तार हँुदैगएको छ । सेनाले टोलीलाई जिताउन मात्र केन्द्रित नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहिचान र उत्पादनमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

सेनाले गण्डकी प्रदेशको राजधानी पर्यटकीय नगरी पोखरामा जारी उक्त प्रतियोगिताका लागि खेलाडी, प्रशिक्षक, अफिसियल र प्रतिनिधि गरी सात सय २८ जनशक्ति पठाएको छ । प्रतियोगिताअन्तर्गत सेनाले फुटबल, एथलेक्टिस, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, भलिबल, टेवल टेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केट बल, बुद्धिचाल, आइटिएफ तेक्वान्दो, ह्याण्ड बल र स्क्वासमा प्रतिस्पर्धा गर्ने छ ।

त्रिभुवन आर्मी क्लबका खेलाडी हक्की, सुटिङ, जिम्न्याष्टिक, लन–टेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, सेपाताक्रो, खोखो, फेन्सिङ, ट्रायथलन, पौडी, शारीरिक सुगठन, गल्फ, प्याराग्लाइडिङ, सफट टेनिस र रग्बीमा अन्य टोलीका खेलाडीसँग सशक्तरुपमा भिड्ने छन् ।

प्रतियोगीताका लागि तय भएका स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय पदकमध्ये कम्तीमा पनि एक सय ४० स्वर्ण, ८२ रजत र ७५ कास्य जित्ने सेनाले दाबी गरेको छ । सेनाले यस पटक जिम्न्यास्टिक, पौडी, कराते, तेक्वान्दो, दौड, टेनिसलगायतका खेल विधामा बढी पदकको अपेक्षा गरेको छ ।

यसअघि आठौँ प्रतियोगितामा सेनाका खेलाडीले एक सय ४८ स्वर्ण, ८७ रजत र ७२ काँस्य पदक हात पारेको थियो । यस प्रतियोगिताका लागि क्लबले दुई सय ७५ महिला खेलाडीसमेत पठाएको छ । तेह्रौँ साफ खेलकुदमा नेपालले प्राप्त गरेका दुई सय सात पदकमध्ये सेनाका खेलाडीले मात्रै एक सय तीन पदक जितेका थिए ।

साफमा नेपालको प्रतिनिधित्व गरी पदक प्राप्त गर्ने अधिकांश खेलाडी नवौँ राष्ट्रिय खेलकुदमा सहभागी रहेकाले पनि सेनाले विगतको रेकर्ड सुरक्षित राख्ने दाबी गरेको हो । अन्य टोलीका तुलनामा नियमित अभ्यास र प्रशिक्षण गर्दै आएका सेनाका खेलाडीका लागि प्रत्येक युनिटका साथै लगनखेल र सैनिक मुख्यालय परिसरमा सुविधा सम्पन्न प्रशिक्षण केन्द्र र खेलमैदान समेत छ । रासस