९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

ओलीले मागे गृहमन्त्रीको राजीनामा,नागरिकतामा धेरै राजनीति नगर्न चेतावनी(भिडीयोसहित)

ओलीले मागे गृहमन्त्रीको राजीनामा,नागरिकतामा धेरै राजनीति नगर्न चेतावनी(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गर्नुभएको छ ।

गैर आवासीय नेपाली संघ २० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुन लोकतन्त्रबिरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भएपनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताउनु भयो ।

उहाँले गैर आवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको बताउनु भयो । अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताउनु भयो । उहाँले राष्ट्रपति संस्था प्रतिवाद गर्ने संस्था नरहेको उल्लेख गर्दै प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गर्नु गम्भीर गल्ती भएको बताउनु भयो ।

अध्यक्ष ओलीले नागरिकताको बारेमा धेरै राजनीति नगर्न सुझाव दिनुभयो । उहाँले नागरिकता सम्बन्धी विषयमा डिबेट गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई चुनौती दिनुभयो । अध्यक्ष ओलीले एनआरएनए जस्तो संस्थामा गएर राष्ट्रपतिमाथि प्रहार गर्नु असभ्यताको पराकाष्ठा भएको जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एउटा कुरामा मेरो ध्यान गम्भीरताका साथ गएको छ । हिजो गृहमन्त्रीजीले यस मञ्चको प्रयोग होइन दुरुपयोग गरेर सम्माननीय राष्ट्रपतिज्यूको सम्बन्धमा जो अनर्गल भन्नुभयो, त्यो बहुतै गम्भीर विषय हो । सरकारको मन्त्रीले राष्ट्रपतिका सन्दर्भमा, कहीँ पनि राष्ट्रपतिसँग सहमत छैन, यसै त राष्ट्रपतिको हतपत आलोचना गरिँदैन । किनभने राष्ट्रपति हतपत बोलिरहँदैन । राष्ट्रपतिले प्रतिवाद गर्दैन । प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गरिँदैन । किनभने संस्थाले आफैँ प्रतिवाद गर्दैन । प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा म सत्ताधारी गठबन्धन, परमादेशीलाई आग्रह गर्न चाहन्छु हामीसँग डिबेटमा आउनुस् न ।

हामी छौँ नि डिबेट गर्ने, हामीसँग डिबेट गर्न आए हुन्छ । त्यो फोरमहरु क्रिएट गरौँ केही छैन । तर बोल्दै नबोल्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी त्यही पनि एनआरएनएजस्तो संस्थाको कार्यक्रममा । त्यो लज्जाजनक कुरा हो, असभ्यताको कुरा हो । वास्तवमा भन्ने हो भने त्यस टिप्पणी भन्दा पछि अलिकति लोकतान्त्रिक संस्कृति हुन्थ्यो भने प्रधानमन्त्रीले उहाँको राजीनामा मागिसक्नुपर्दथ्यो । उहाँले राजीनामा गर्नुपर्दथ्यो । त्यस्तो कल्चर हुँदैन । जहाँसम्म नागरिकताको प्रश्न छ, यसमा धेरै राजनीति नगर्न म सुझाव दिन चाहन्छु । हरेक फोरम, हरेक मञ्चमा धेरै राजनीतिक गरिरहनुभएको छ । त्यस्तो राजनीति गरिरहनु पर्दैन । फेरि तपाईहरुसँग आएर किन राजनीति गर्ने ? त्यो आवश्यक छैन ।’

अध्यक्ष ओलीले भोट बढाउनका लागि देशलाई दूरगामी अहीत हुने काम गर्न नमिल्ने दाबी गर्नुभयो । उहाँले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने प्रतिवद्धता जनाउनु भयो । उहाँले गठबन्धन सरकारमा राज्यका विभिन्न अंगहरुले गल्ती गरेको दाबी गर्नुभयो ।