• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

धादिङ २ मा एमाले–राप्रपा तालमेलः तामाङको उम्मेदवारी फिर्ता, लोहनीलाई सघाउने



काठमाडौं । धादिङ क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् । उम्मेदवारी मनोनयन फिर्ता लिने दिन आज बुधवार राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभा २ (२) मा एमालेलाई समर्थन गर्दै आफ्ना उम्मेदवारलाई फिर्ता गराएको हो ।

प्रतिनिधिसभामा राप्रपाका उम्मेदवार पर्शुराम तामाङले उम्मेदवारी फिर्ता लिएर एमालेका खेम लोहनीलाई समर्थन गरेका छन् । त्यस्तै प्रदेशतर्फ सोही क्षेत्रको १ नम्बरमा एमालेका धनवहादुर घलेले राप्रपाका डम्बर तामाङलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, प्रदेश २ तर्फ राप्रपाका मोहन पोखरेलले एमालेका डा.रामकुमार आधिकारीलाई समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । बिगतमा यस क्षेत्रमा राप्रपा नेता बुद्धिमान तामाङले चुनाव जित्दै आएका छन् ।